समाज


कोरोना सक्रिय संक्रमित कम हुँदै

कोरोना सक्रिय संक्रमित कम हुँदै

नेपालखबर
पुस ५, २०७७ आइतबार १४:२६,

हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या दुई लाख ४३ हजार ६६४ पुगेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ९७ छ।

त्यसैगरी हाल देशभर सक्रिय संक्रमितको संख्या आठ हजार ३२० छ। हालसम्म संक्रमितको संख्या दुई लाख ५३ हजार ७७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा नौ हजार ४०० मा कोरोना परीक्षण गर्दा थप ५८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ११ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७८८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad