महालक्ष्मी विकास बैंक लिमिटेडको शाखा कार्यालय कुमारीपाटी, ललितपुरबाट कर्मचारीहरुसँगको मिलेमतोमा करोडौं ऋण लिएर नतिर्ने एक ऋणी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–२ घर भई हाल ललितपुरको लगनखेल बस्ने वर्ष ३२ को पूर्ण राई रहेका छन्।
राईले बैंकका शाखा प्रवन्धकहरुसँग मिलेमतो गरी कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरि बढी ऋण लिन सफल भएको र हालसम्म सावाँ ब्याजसहित बैंकलाई रु सात करोड ४२ लाख ६१ हजार ७४३ रुपैयाँ ८२ पैसा रकम नतिरी हानी नोक्सानी पुर्याएको प्रहरीले जनाएको छ।
सो बैंकिङ कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा कुमारीपाटी शाखाका शाखा प्रवन्धक र पूर्व शाखा प्रवन्धकहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरी बैंकिङ कसूर मुद्दा शिर्षकमा आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।
Shares

प्रतिक्रिया