सत्तारुढ नेकपाका स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गत निर्वाचनको जनादेशको सान्दर्भिकता सकिएको बताएका छन्।
आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक हुने धारणा राखेका छन्।
प्रधानमन्त्री ओलीका विश्वासपात्र नेता पोखरेलले चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुने भन्दै सडक आन्दोलनको बाटोले प्रतिकृयावादी र दक्षिणपन्थीहरुलाई फाईदा पुर्याउने बताएका छन्।
102
Shares

प्रतिक्रिया