ad ad

समाज


नेपाल–भारत सीमापारि उपचारको लागि समयमै जान नदिँदा महोत्तरीमा बिरामीको मृत्यु

नेपाल–भारत सीमापारि उपचारको लागि समयमै जान नदिँदा महोत्तरीमा बिरामीको मृत्यु

शैलेन्द्र महतो
पुस ५, २०७७ आइतबार ७:९,

महोत्तरीमा नेपाल–भारत सीमापारि उपचारको लागि समयमै जान नदिँदा एक जनाको ज्यान गएको छ। महोत्तरीको मनरा शिसवा नगरपालिका–८ बस्ने ४५ वर्षीय रजाउल अन्सारीको शुक्रबार ज्यान गएको हो।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको बिहारस्थित परिहार जान लाग्दा उनलाई महोत्तरीस्थित धरहरबा सीमानाकामा रहेका सशस्त्र प्रहरीले रोकेका थिए।

सशस्त्र प्रहरीले अढाई घण्टा रोकेको थियो। सीमापारि जान नदिएपछि उपचार नपाएर छटपटाइमै अन्सारीको मृत्यु भएको भतिज इन्ताज अन्सारीले आरोप लगाए।

राजाउलालाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्यकर्मीले उनलाई उपचारका लागि तत्कालै बाहिर लैजान सल्लाह दिएका थिए।

स्वास्थ्यकर्मीको सल्लाहअनुसार परिवारले बिरामीलाई त्यहाँबाट नजिकै रहेको बिहारको परिहार लैजान लागेका थिए। तर सीमामा पुग्दा सशस्त्र प्रहरीले करिब अढाई घण्टा टेम्पु रोकेपछि छटपटाइमै छोराको मृत्यु भएको उनका बुबा अब्दुल रसिदले दुःखेसो पोखे।

‘प्रहरीलाई उपचारको लागि लैजान दिन धेरै बिलौना गरेपछि अढाई घण्टा रोकेर जान दियो। तर सीमा क्रस गरेपछि केही पर गएर बाटोमै काकाले ज्यान गुमाउनुभयो’, भतिज इन्ताजले दुःखेसो पोख्दै भने, ‘समयमै जान दिएको भए काका बाँच्नुहुन्थ्यो। प्रहरीले नै ज्यान लियो। नजिक कुनै हस्पिटल छैन। त्यसैले बाध्य भएर नजिकै भएर सीमापारि लग्दै थियौँ। अब प्रहरीले नै रोकेर ज्यान लियो। हाम्रो पीडा कसले सुनिदिन्छ?’

सीमानाकामा पारी जान सशस्त्र प्रहरी नरहेको तर सीमानाका बन्द रहेकोले समन्वय गर्दा केही समय लागेको महोत्तरीका सशस्त्र प्रहरीका डीएसपी भीम विष्टले दाबी गरे।

‘हामीले बिरामी चढेको गाडीलाई रोकेको होइन। तर सीमानाका बन्द रहेको कारण समन्वय गरेर उता जान दिन केही समय लागेको हो’, डीएसपी विष्टले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .