ad ad

समाज


संसद विघटनको सिफारिससँगै सुरक्षा चुनौतीबारे देशभर सर्कुलर

संसद विघटनको सिफारिससँगै सुरक्षा चुनौतीबारे देशभर सर्कुलर

नेपालखबर
पुस ५, २०७७ आइतबार ७:१२,

सरकारले संसद विघटनको सिफारिस गरेसँगै प्रहरीले देशभर सुरक्षा सतर्कता बढाउन सर्कुलर जारी गरेको छ।

प्रहरी प्रवक्ता वसन्त कुँवरले मुख्यगरी राजधानीसँगै देशभरको सुरक्षा सतर्कता बढाइएको बताए।

‘अहिलेसम्म हामी पनि पर्ख र हेरको अवस्थामै छौं, निर्णय के हुन्छ भन्ने अन्यौल नै छ, तर, विघटन भइहाले त्यसले निम्त्याउने सुरक्षा चुनौतीका बारेमा सूक्ष्म अध्ययन गरिरहेका छौं’, प्रवक्ता कुँवरले नेपालखबरसँग भने, ‘तत्कालका लागि चुनौती आउन सक्ने भएकाले सुरक्षा सतर्कता बढाउन सर्कुलर गरेका छौं।’

संसद विघटनका लागि सरकारले सिफारिस गरेसँगै आइतबार विभागीय प्रमुखहरुसँग प्रहरी महानिरीक्षक शैलेश थापाले छलफल गरेका छन्। छलफलमा अहिलेसम्म अन्यौल नै रहेको र विघटन भइहाले त्यसले सुरक्षा चुनौती बढ्ने, देशभर प्रदर्शन हुन सक्ने र असंवैधानिक गतिविधि बढ्ने सुरक्षा निकायको निस्कर्ष छ।

अवस्था हेरेर योजना बनाउँदै जाने तयारी प्रहरीको छ। मुख्य गरी ठूला सहरमा यस्ता चुनौती बढी हुने प्रहरीको ठहर छ। यस्तै अहिलेसम्म माथिल्लो निकायबाट कुनै निर्देशन नआएका कारण प्रहरीले त्यो पनि पर्खिरहेको बताएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाइ संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेका थिए। प्रधानमन्त्रीको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .