समाज


९ महिनादेखि बन्द लाइसेन्स लिने परीक्षा र ट्रायल खुलाउने तयारी

९ महिनादेखि बन्द लाइसेन्स लिने परीक्षा र ट्रायल खुलाउने तयारी

नेपालखबर
पुस ५, २०७७ आइतबार १:५६,

कोरोना महामारीका कारण झन्डै ९ महिनादेखि बन्द विभिन्न किसिमका सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी परीक्षा खुलाउने तयारी गरिएको छ।

कोरोना नियन्त्रणका लागि भनेर सरकारले लकडाउन घाेषणा गरे (चैत ११) यता स्थगित लाइसेन्सका लागि लिइने लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु गर्ने प्रक्रिया अघि बढाइएको हो।

यातायात व्यवस्था विभागले सवारीसाधन दर्ता र नवीकरण सेवा भने गत असारदेखि नै दिइरहेको छ।

अब भने लाइसेन्सको लिखित परीक्षा र ट्रायल पनि विभागले खुलाउन लागेको हो। तर कोरोना जोखिम अझै नहटेकाले कोटा तोकेर आवेदन खोल्ने तयारी भइरहेको विभागले जनाएको छ।

लाइसेन्स लिन चाहनेको संख्या बढेको भन्दै विभिन्न प्रदेशले विभागलाई पत्राचार गरिरहेका छन्।

परीक्षा सञ्चालनका लागि पीपीई, फेससिल्ड, मास्क, सेनिटाइजर आदिको व्यवस्थासहित तयार रहन सबै कार्यालयलाई पत्राचार गरिसकिएकाे विभागले जनाएकाे छ। मिति तय भने भइसकेको छैन।

साथै अब अब ट्रायल पास गरेकाे एक महिनाभित्रै लाइसेन्स पाउने गरी व्यवस्था मिलाइएकाे पनि विभाग स्राेतले जानकारी दिएकाे छ। पहिले यसका लागि निकै समय कुर्नुपर्थ्याे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad