सप्तरीमा शुक्रबार बिहान आगलागीमा परी एक वृद्धको मृत्यु भएकाे छ।
गोठमा आगलागी हुँदा राजविराज नगरपालिका-१६ बोरियाका ८५ वर्षीय झलाही यादवको मृत्यु भएकाे हाे।
शुक्रबार बिहान ४ बजेतिर गोठमा एक्कासि आगो लाग्दा त्यसभित्र सुतिरहेका यादवको घटनास्थलमै ज्यान गएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी भुवनेश्वर प्रसाद साहले बताए।
पोस्टमार्टमका लागि शव गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ। विद्युत् सर्ट भएर आगो लागेको प्रहरीको अनुमान छ।
3
Shares

प्रतिक्रिया