पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले बलात्कारविरुद्ध नयाँ अध्यादेश-२०२० मा हस्ताक्षर गरेसँगै अब त्यहाँ बलात्कार गर्ने पुरुषलाई नपुंसक बनाउनेसम्मको सजाय हुने बाटाे खुलेकाे छ।
कसरी बनाइन्छ त नपुंसक?
–रासायनिक प्रयोगबाट पुरुषमा यौन इच्छा घटाइन्छ, उसको टेस्टोस्टेरोन हर्माेन कम गराइन्छ। जुन मुख्य रूपमा सेक्स हर्मोन हो।
–यसमा कामशक्ति घटाउने औषधि प्रयोग गरिन्छ। यसको असर केही समयका लागि हुन्छ। यसकारण एक निश्चित अवधिपछि फेरि दिनुपर्ने हुन्छ। यसको असर अन्त्य हुनेबित्तिकै फेरि पहिलेजकै जस्तो यौन इच्छा जागृत हुन्छ।
–यो औषधि क्याप्सुल वा इन्जेक्सनमार्फत दिइन्छ। क्याप्सुल नियमति खानुपर्ने हुन्छ भने इन्जेक्सन दिएपछि त्यसले केही महिनासम्म काम गर्छ।
याे पनि : पाकिस्तानामा बलात्कारविरुद्ध कडा कानुन निर्माण, बलात्कारीलाई नपुंसक बनाइने

प्रतिक्रिया