समाज


कृषकको ४१ करोड रुपैयाँ भुक्तानी नदिने श्रीराम चिनी उद्योगका संचालक विरुद्ध प्रहरीमा जाहेरी दर्ता

कृषकको ४१ करोड रुपैयाँ भुक्तानी नदिने श्रीराम चिनी उद्योगका संचालक विरुद्ध प्रहरीमा जाहेरी दर्ता

शैलेन्द्र महतो
पुस ३, २०७७ शुक्रबार २:४७,

रौतहटको गरुडा महम्मदपुरमा रहेको श्रीराम सुगर मिलका सञ्चालकविरुद्ध उखु किसानले ठगी मुद्दा दर्ता गराएका छन्।

उखुको ४१ करोड रुपैयाँ भुक्तानी नै नगरी मिल बन्द गरेर फरार रहेका मिल सञ्चालकविरुद्ध कृषकहरुले बुधबार जिल्ला प्रहरी कार्यालय गौरमा जाहेरी दर्ता गराएका हुन्।

श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, विशाल अग्रवाल, मिलका कार्यकारी उपाध्यक्ष पदमकान्त झा विरुद्ध किसानले जाहेरी दर्ता गरेका रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम साहले जानकारी दिए।

मिलले किसानको गएको आ.व.२०७१/०७२ को १२ कारोड, २०७५/०७६ को २८ करोड ५० लाख र २०७६/०७७को ५० लाख गरी जम्मा ४१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। तर, कृषकको बाँकी भुक्तानी नै नदिइ सञ्चालकले ११ साउन २०७७ मा श्रीराम सुगरम मिल सदाका लागि बन्द गरेका थिए।

कृषकले जाहेरीमा ठगी गरी फरार रहेका संचालकलाई खोजतलास गरेर पक्राउ गरी बाँकी बक्यौता रकम अशुल उपर गरी कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्। मिल तथा मिलाका सञ्चालक विरुद्ध उखु उत्पादक संघ रौतहट लगायत उखु कृषकहरुले संयुक्त रुपमा जाहेरी दर्ता गराएका हुन्।

जाहेरीमा उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रयास यादव, उपाध्यक्ष सोनेलाल राय यादव, सचिव रामसिंह यादव, सदस्य रामविनय साह, किसानहरु गरुडा नगरपालिका ५ बस्ने वृजकिशोर प्रसाद यादव, गढीमाई नगरपालिका १ बस्ने नागेन्द्र राय यादव, वृन्दावन नगरपालिका ४ बस्ने उदयनारायण साह लगायत झण्डै तीनदर्जन कृषक वादी बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad