काठमाडौँ महानगरपालिका-१७, धोबिचौरमा सामूहिक ‘कुमारी पूजा’ गरिएको छ।
शनिबार काठमाडौँ महानगरपालिका वडा नं. १७ र केके महिला समूहको आयोजनामा सामूहिक ‘कुमारी पूजा’ गरिएको हो। नेवार समुदायको मौलिक परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
पूजामा सहभागी बालिकालाई परम्परागत विधिअनुसार पूजा गरी टीका, प्रसाद र सम्मान प्रदान गरिएको थियो।










12
Shares

प्रतिक्रिया