समाज


बहराइनले चिनियाँ सिनोफार्मको खोपलाई प्रयोगका लागि स्वीकृति दियो

बहराइनले चिनियाँ सिनोफार्मको खोपलाई प्रयोगका लागि स्वीकृति दियो

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ७:४७,

बहराइनले सिनोफार्मको खोप लगाउन इच्छुकले अनलाईनमार्फत नाम दर्ता गराउन आफ्ना नागरिकलाई सूचना दिएको छ।

सिनोफार्मले दुईवटा भ्याक्सिन निर्माण गरेको छ। बहराइनले स्वीकृति दिएको खोप कुन हो भनेर नखुलाइए पनि ८६ प्रतिशत प्रभावकारी सावित भएको खोपलाई स्वीकृति दिएको बताइएको छ।

बहराइनको स्वास्थ मन्त्रालयले १८ वर्षमाथिका मानिसलाई चिनियाँ खोप प्रदान गरिने बताएको छ।

बहराइनले यसअघि नै अमेरिका तथा जर्मन कम्पनी फाइजर–बायोएनटेकले निर्माण गरेको खोपलाई स्वीकृति दिइसकेको छ।

त्यस खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .