समाज


राष्ट्रपति कार्यालयका अधिकारीहरुले अमेरिकामा पहिले कोरोनाविरुद्धको खोप लगाउने

राष्ट्रपति कार्यालयका अधिकारीहरुले अमेरिकामा पहिले कोरोनाविरुद्धको खोप लगाउने

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ७:१४,

खोप लगाउनका लागि आइतबारदेखि ढुवानी सुरु गरिएको थियो।

विश्व स्वास्थ्य संगठनले आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिएको फाइजर बायोएनटेक खोप अमेरिकामा लगाउन लागिएको हो।

यस खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ। अमेरिकामा यस खोप पहिले राष्ट्रपति कार्यलयका अधिकारीहरुलाई लगाइने बीबीसीले जनाएको छ।

राष्ट्रपति ट्रम्पको दबाबपछि यस खोपले अमेरिकामा अनुमति पाएको बताइएको छ। यद्यपी ट्रम्पले यस खोप लगाउँछन् या लगाउँदैनन् भनेर केही खुलाइएको छैन।

साथै नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले सोमबार यस खोप लगाउने विषयमा केही बताएका छैनन्।

फाइजर–बायोएनटेकको खोप लगाउन सबैभन्दा पहिला बेलायतले अनुमति दिएको थियो। त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित भएर १६ लाख मानिसको मृत्यु भएपछि सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पनि कोरोना खोपको प्रयोग सुरु गरिएको हो।

यो खोप ७० डिग्री सेल्सीयसको तापक्रमसहितको विषेश अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन्। ‘अत्यावश्यक परेका सवैलाई खोप उपलब्ध गराइने खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका अमेरिकी अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .