अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार आगामी ३ दिनको मौसम अनुमान यस्ताे छ-
मंसिर २९ गते(सोमबार)
दिउँसो : प्रदेश नं १ लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश नं १ लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।
मंसिर३०गते(मंगलबार)
दिउँसो : प्रदेश नं १ लगायत देशको अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश नं १, लुम्बिनी प्रदेश र बागमती प्रदेशलगायत देशको अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।
पुस १ गते(बुधबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : तराईका अधिकांश भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया