भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाका मुख्य कार्यकारी अधिकारी अदार पुनावालाले देशमा आउने जनवरीमा खोप लगाउने अभियान सुरु हुने सम्भावना रहेको बताएका छन्।
उनका अनुसार अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको खोपले यही महिना (डिसेम्बर) अन्त्यतिर भारतमा प्रयोग (लगाउन) का लागि अनुमति (नियामक निकायबाट) पाउने सम्भावना छ।
‘इकोनमिक टाइम्स ग्लोबल बिजिनेस समिट’मा अदार पुनावालाले २०२१ अक्टोबरसम्म भारतका हरेक व्यक्तिले खोप पाउने अपेक्षा व्यक्त गरेका छन्। योसँगै भारतको जनजीवन सामान्य बन्ने उनको दाबी छ।
इन्डियन एक्सप्रेसमा छापिएको खबरअनुसार मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित प्रतिवेदनमा अक्सफोर्डले विकास गरेको खोप कोरोनाबाट मानिसलाई बचाउन ७० प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।
3
Shares

प्रतिक्रिया