समाज


ओर्लने क्रममा आफैँ चढेको बसले किच्दा मृत्यु

ओर्लने क्रममा आफैँ चढेको बसले किच्दा मृत्यु

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ३:४९,

गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ।

गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना ३ ख ८१४३ नम्बरको बसले किचेर ४८ वर्षीय बुद्धिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए।

टुर्घटनामा गम्भीर घाइते भएका रम्तेललाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफैँ चढेको बसको पछाडिको चक्काले किचेको प्रमुख ढकालले जानकारी दिए।

मृतकको शव परीक्षणपछि आइतबार परिवारलाई बुझाइने ढकालले बताए। बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad