समाज


कपिलवस्तुमा महिलाको हत्या, डेरामा सँगै बस्ने भतिजो पक्राउ

कपिलवस्तुमा महिलाको हत्या, डेरामा सँगै बस्ने भतिजो पक्राउ

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ४:८,

कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्रौटामा एक महिलाको हत्या भएको छ।

चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्ने गरेकी दाङ सतबरिया घर भएकी ५१ वर्षीया सुशीला खड्काको शनिबार राति हत्या भएको हो।

चन्द्रौटा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश खरेलका अनुसार टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको छ।

हत्यामा संलग्न आशंकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad