फाइजरले बुधबार साइबर आक्रमण ‘ह्याकिङ’ भएको जानकारी दिएको हो।
युरोपियन मेडिसिन्स एजेन्सी इएमएमा भएको आफ्नो दस्तावेजमा ह्याकरले साइबर आक्रमण गरेको फाइजरको भनाइ छ।
कसले साइबर आक्रमण गर्यो भन्नेबारे केही खुलाइएको छैन।
इएमए युरोपेली संघमा आवद्ध २७ देशहरुको औषधि नियामक संस्था हो।
आगामी डिसेम्बर २९ मा इएमएले युरोपमा फाइजरको खोप प्रयोगमा अनुमति दिने अपेक्षा गरिएको छ।
फाइजर र बायोएनटेकको खोप बीएनटी१६२बी२ लाई बेलायत, बहराइन र क्यानडामा स्वीकृति प्रदान गरिसकिएको छ। एजेन्सी
54
Shares
प्रतिक्रिया