ad ad

कारोबार


डिसहोममा डिलर दाइको डिस्काउन्ट : थप दुई जनाले पाए नगद एक-एक लाख

डिसहोममा डिलर दाइको डिस्काउन्ट : थप दुई जनाले पाए नगद एक-एक लाख

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १०:२८,

डिसहोममा डिलर दाइको डिस्काउन्ट योजना अन्तर्गगत लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन्।

२०७७ साल मंसिर १२ गते देखि मंसिर १८ गते सम्म फन्ड ट्रानसफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ। हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमका शोकेस १ च्यानल नं १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन्।

योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु एक लाख नगद प्राप्त गर्नेछन्। यो योजना अन्तर्गत मंसिर १९ गते भएको लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको केस आईडी नं ०२५१९२९४६९१, ७१९१०८१०७६२ बिजेता बन्न सफल भएका छन्।

बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहित आउने लाइभ लक्की ड्र २०७७ साल मंसिर २६ गते शुक्रबार साँझ ५ बजे शोकेस १ च्यानल नं १०१ र रमाईलो टिभीमा हुने जानकारी गराइएको छ।

२०७७ साल मंसिर १९ गते शुक्रबार देखि मंसिर २५ गते बिहिबार सम्म डिसहोमको आधिकारीक विक्रेताहरु मार्फत फन्ड ट्रान्सफर सेवाबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मंसिर २६ गतेको लाइभ लक्की ड्र मा समावेश गरिने छ। साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्र मा सहभागी गराईएको छ।

फनड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .