बाइडेनले आगामी जनवरीमा शपथ ग्रहण गर्नेछन्। आफ्नो कार्यकालको सुरुवाती दिनहरुमै अमेरिकामा कोरोना नियन्त्रण गर्न नसकिने तर कोरोनाविरुद्धको नियम पालना गरेमा कोरोनालाई जित्न सकिने उनको भनाइ छ।
बाइडेनले सय दिनभित्र दश करोड नागरिकमा कोरोनाको खोप लगाउने लक्ष्य राखेको बताउनुका साथै उनले आफ्नो कार्यकालको सय दिनसम्म अमेरिकाभर ‘मास्क अनिवार्य’ लगाउनुपर्ने नियम बनाउने बताएका छन्।
अमेरिकाले बेलायत र बहराइनले मन्जुरी दिएको फाइजर र बायोएनटेकले निर्माण गरेको खोपलाई प्रयोगका लागि स्वीकृति प्रदान गर्ने अनुमान गरिएको छ।
मंगलबार मात्र अमेरिकाले फाइजरको खोपलाई ९५ प्रतिशत सुरक्षित र प्रभावकारी रहेको बताएको थियो।

प्रतिक्रिया