ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भ्यानका चालक पक्राउ पक्राउ परेका छन्।
बुधबार बिहान सवा ९ बजे काठमाडौँको सिनामंगलमा ड्यटीमा खटिएकी ट्राफिलक प्रहरी जवान मिना कुमारी आचार्यलाई ५ सय घुस दिए आर्थिक प्रलोभनमा पार्न खोज्ने बा५च ४०१८ नम्बरको भ्यानका चालक रामेछाप खरेदेवीका ३० वर्षीया पासाङ लामा पक्राउ परेका हुन्।
सवारी चेक जाँचका क्रममा नम्बर प्लेट स्पष्ट नभएको साथै गाडीको अवस्था समेत ठिक नभएको पाइएपछि कारबाही गर्न खोज्दा उनले ट्राफिक प्रहरीलाई ५ सय घुस दिइ आर्थिक प्रलोभनमा पार्न खोजेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
उनलाई पक्राउ गरी थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौसालामा बुझाइएको महाशाखाले जनाएको छ।
3
Shares

प्रतिक्रिया