कारोबार


फोर्ब्सको १०० शक्तिशाली महिला सूचीमा १२ जना अर्बपति, को–को?

फोर्ब्सको १०० शक्तिशाली महिला सूचीमा १२ जना अर्बपति, को–को?

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ६:५७,

चर्चित म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको विश्वकै १०० शक्तिशाली महिलाको सूचीमा १२ जना अर्बपति महिला पनि अटाएका छन्।

उनीहरुको कुल सम्पत्ति १ खर्ब ५० अर्ब ४० करोड अमेरिकी डलर रहेको बताइएको छ। पैसाले मात्रै शक्तिशाली सूचीमा समावेश होइँदैन। नत्रभने अरु धेरै अर्बपति महिला यो सूचीमा समाविष्ट हुन्थे।

उक्त १२ महिलाहरुमध्ये ५९ अर्ब डलरदेखि १ अर्ब डलर सम्पत्ति भएकाहरु रहेको बताइएको छ।

यो सूचीमा फेसबुककी सीओओ शेरल स्यान्डबर्ग, होटल शिलाकी सीईओ तथा अध्यक्ष लि बु जिन र संस्थापकहरु झोउ क्युनफेई र किरण मजुमदार शालगायत रहेका छन्।

क्युनफेईले लेन्स उत्पादक लेन्स टेक्नोलोजीको नेतृत्व गरेकी थिइन् भने मजुम्दारले बायोकन कम्पनी सुरु गरेकी थिइन्। जसले अहिले कोरोना महामारीविरुद्ध सहयोग गरिरहेको छ।

त्यस्तै मिडिया क्षेत्रकी ओप्राह विन्फ्रे, ओरेकलकी सीईओ साफ्रा काट्ज र एपिक सिस्टमकी सीईओ तथा संस्थापक ज्युडिथ फल्कनर यी सबै आफ्नै बलबुतामा शक्तिशाली बनेका हुन्। अर्थात् उनीहरुले आफ्नै वा दाम्पत्य बलबुतामा सम्पत्ति जोड्न सफल भएका हुन्।

त्यस्तै फिडेलिटी इन्भेष्टमेन्टकी सीईओ अबिगेल जोन्सन, एमर्सन कलेक्टिभकी संस्थापक तथा अध्यक्ष लाउरिन पवेल जब्स र समाजसेवी तथा लेखक म्याकेन्जी स्कटले भने परिवार, वैवाहिक सम्बन्धविच्छेदबाट सम्पत्तिमा हक जमाएका हुन्।

उनीहरुले जसरी सम्पत्तिमा हक जमाए पनि यी सबै आफ्नो वैधानिक हकको प्रयोग गर्दै व्यवसाय, गैरनाफामूलक र समाजसेवाको क्षेत्रमा उदाएका हुन्।

यसमध्ये स्कटले त आफ्नो आधा सम्पत्ति दानमै खर्चेकी छिन्। उनले १ अर्ब ७० करोड डलर विभिन्न ११६ संस्थालाई जातीय, एलजीबीटीक्यु (पुरुष र महिलाबाहेक अन्य लैंगिक प्रतिनिधित्व गर्ने समुदाय) र लैंगिक समानता, आर्थिक परिचालन, समानुभूति, प्रजातान्त्रिक क्रियाकलाप, सार्वजनिक स्वास्थ्य, विश्व विकास र जलवायु परिवर्तनको क्षेत्रमा सहयोग गर्न दान गरेकी हुन्।

12 powerful femal2

यी हुन् १०० शक्तिशाली महिला सूचीमा अटाएका १२ अर्बपति :

अबिगेल जोन्सन (१५ अर्ब डलर)
साफ्रा काट्ज (१.२ अर्ब डलर)
ओप्रा विन्फ्रे (२.६ अर्ब डलर)
शेरल स्यान्डबर्ग (१.८ अर्ब डलर)
लाउरिन पवेल जब्स (२१.१ अर्ब डलर)
जिना राइनहार्ट (१६.७ अर्ब डलर)
म्याकेन्जी स्कट (५९.७ अर्ब डलर)
किरण मजुम्दार शा (४.६ अर्ब डलर)
झोउ क्युनफेई (१६.४ अर्ब डलर)
ज्युडिथ फल्कनर (५.५ अर्ब डलर)
लाम वाई यिंग (३.९ अर्ब डलर)
लि बु जिन (१.९ अर्ब डलर)

(उनीहरुको यो सम्पत्ति डिसेम्बर ७ सम्मको भएको फोर्ब्सले जनाएको छ।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad