अस्ट्रेलियामा कोरोना भाइरस संक्रमित पत्ता लगाउन तालिम प्राप्त कुकुरको परिचालन गरिने भएको छ। अस्ट्रेलियाले विमानस्थलमा कुकुर परिचालन गरेर विदेशबाट आउने संक्रमित पत्ता लगाउने तयारी गरेको हो।
कुकुरलाई पसिनाबाट आउने विशेष गन्ध सुघ्न लगाएर त्यसको माध्यमबाट संक्रमित पत्ता लगाउन तालिम दिइएको अस्टे«लियाली अधिकारीहरुले जनाएका छन्। एडिलेड विश्वविद्यालयकी अनुसन्धानकर्ता डा.सुसन हाजेलका अनुसार यात्रु संक्रमित भए नभएको प्रारम्भिक जाँचका लागि यस्ता कुकुरको प्रयोग हुनेछ।
यसअघि फिनल्यान्डले पनि हेलसिन्की विमानस्थलमा संक्रमित पहिचानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरिसकेको छ।
विमानस्थलमा परिचालनको लागि कुकुरलाई आवश्यक तालिम दिइसकिएको हाजेलले बताइन्। ‘यस्ता कुकुरले सुरुवाती चरणको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएका व्यक्तिसमेत संक्रमित रहे नरहेको पत्ता लगाउनेछन्,’ उनले भनिन्, ‘तालिम प्राप्त कुकुरले अन्य परीक्षणको नतिजाबाट पोजिटिभ आउनुअघि नै उक्त व्यक्ति पोजिटिभ रहेको देखाउन सक्ने क्षमता राख्नेछन्।’
अस्ट्रेलियन बोर्डर फोस, जैविक सुरक्षा विभाग, आपत्कालीन सेवा र एडिलेड युनिभर्सिटीको सहकार्यमा अस्टे«लियाले कोरोना संक्रमित पत्ता लगाउन कुकुर परिचालन गर्न लागेको हो। एजेन्सी
प्रतिक्रिया