ad ad

राजनीति


प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार २:१६,

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्दै छ।

बैठक अहिले बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

उनका अनुसार ‘समसामयिक राष्ट्रिय राजनीतिका विषयमा’ संवाद गर्न बैठक राख्न लागिएको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू सहभागी हुनेछन्।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालखबरसँग भने, ‘यो बेलाबेला हुँदै आएको हो। प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो।’

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेको तथा देशभर राजावादीको प्रदर्शन बढिरहेका बेला आह्वान गरिएको सर्वदलीय बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

यसअघि वैशाख ३१ गते भारतले मिचेका कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा छलफल गर्न पनि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका थिए।

याे पनि :  प्रचण्डले स्थायी समितिलाई भने : सर्वदलीय बैठक नै आवश्यक पर्‍यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .