सोमबार डब्लूएचओमा स्वस्थ युवाहरुलाई कोभिड संक्रमण गराउने या नगराउने भन्ने विषयमा छलफल हुन लागेको द गार्जियनले जनाएको छ।
कोरोनाविरद्धको खोप परीक्षणलाई तीव्रता दिनको लागि यो विषयमा छलफल हुन लागेको हो।
डब्लूएचओका अनुसार यस विषयमा विज्ञहरुको फरक–फरक धारणा छ।
एक पक्षका विज्ञले स्वस्थ युवाहरु कोरोनाको जोखिममा नरहेको धारणा राख्दछन्। त्यसकारण उनीहरुमा कोरोना संक्रमण गराएको खण्डमा कोरोनाविरुद्धको खोप परीक्षणलाई तीव्रता दिन सकिने उनीहरु बताउँछन्।

उनीहरुलाई कोरोना संक्रमण गराउँदा प्रभावकारी भएको दाबी गरिएका खोपहरु उनीहरुमा परीक्षण गर्न सकिने र यसले समाजलाई कोरोनाविरुद्धको लडाइँमा फाइदा पुग्ने बताइएको छ।
तर कोरोनाको खोप हालसम्म सत प्रतिशत प्रभावकारी सावित नभइसकेको अवस्थामा स्वस्थ मानिसमा कोरोना संक्रमण गराए त्यसले गम्भीर अवस्था सिर्जना हुनसक्ने अर्को पक्षका वैज्ञानिकहरुको धारणा छ।
सोमबारको छलफलमा वेलकम ट्रस्ट, बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसन, द यूएस–बेस्ड नेसनल इन्स्टिट्युट अफ हेल्थ, अमेरिकाको फुड एन्ड ड्रग एसोसिएसन लगायत संस्थाका प्रतिनिधि पनि सामेल हुनेछन्।

प्रतिक्रिया