कारोबार


७२ अंकले बढ्यो सेयरबजार, ६ अर्बको कारोबार

७२ अंकले बढ्यो सेयरबजार, ६ अर्बको कारोबार

नेपालखबर
मंसिर २२, २०७७ सोमबार १०:३५,

एकैदिन ६ प्रतिशतले घटेको एकैदिनमा आज पुनः नेप्से ७२.२८ अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज १२.१० अंकले बढेको छ।

आज २०६ कम्पनीको १ करोड १९ लाखभन्दा बढी कित्ता सेयर बिक्री भएका छन् भने ६० हजार ५५ पटकको खरिदबिक्रीसँगै सेयरबजारमा ६ अर्ब ६६ करोडको कारोबार भएको छ। आज सबै समूहको कारोबार सूचक हरियो भएको छ। आज पनि दुवै बीमा समूह र उत्पादन, माइक्रोफाइनान्सको सूचक उच्च अंकले बढेको छ।

आज पनि नेपाल पुनर्बीमा कम्पनीको १ अर्बको सर्वाधिक कारोबार भएको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४७ करोडको, नेपाल टेलिकमको ३३ करोडको, प्रभु बैंकको २५ करोडको, शिवम् सिमेन्टको २४ कराडको र माथिल्लो तामाकोशीको १९ करोडको कारोबार भएको छ।

कमाउने लगानीकर्ताले आज १० प्रतिशतसम्म कमाएका छन्। नारायणी डेभलपमेन्ट बैंकको १० प्रतिशत, रसुवागढी हाइड्रोपावर कम्पनीको १० प्रतिशत, विशालबजार कम्पनीको ९.९५ प्रतिशत, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ९.८७ प्रतिशत र माथिल्लो तामाकोशीको ९.८१ प्रतिशतले सेयर मूल्य बढेको छ।

त्यस्तै गुमाउने लगानीकर्ताले ६.६७ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad