नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार ३७० जना महिला र ६४४ पुरुषमा संक्रमण पुष्टि भएको हो।
यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ एक हजार ६१४ पुगेको छ।
आज जम्मा ६ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको थियो।
यस्तै, काठमाडौं उपत्यकामा आज ४४२ जना संक्रमित थपिएका छन्। जसमा १८८ महिला तथा २५४ पुरुष रहेका मन्त्रालयले जनाएको छ।
आज नेपालमा १२ हजार ९४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
3
Shares

प्रतिक्रिया