समाज


कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित मोरङमा एक जना पक्राउ

कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित मोरङमा एक जना पक्राउ

नेपालखबर
मंसिर २०, २०७७ शनिबार १३:१,

मोरङमा हतियारसहित एक जना पक्राउ परेका छन्।

शनिबार मोरङकाे सुनबर्सी– ५,झुगी चोकबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थानका ४१ बर्षीय राजकुमार मण्डल रहेका छन्।

विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मण्डललाई पक्राउ गरेको हो।

उनले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली समेत प्रहरीले बरामद गरेको छ।

उनिविरुद्ध ईलाका प्रहरी कार्यालय रंगेलीले कानुनी कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad