पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले २४० वर्षमा राजतन्त्रले थुपारेको फोहोर १२ वर्षमा गणतन्त्रले सोहोर्न नभ्याएको बताएका छन्।
पछिल्लो समयमा देशव्यापी रुपमा भइरहेको राजावादीहरुको प्रदर्शनलाई संकेत गर्दै उनले राजतन्त्रले थुपारेको फोहोर गणतन्त्रले सोहोर्न भ्याएन भन्दैमा त्यही फोहोरको डंगुरमा फर्कन नहुने बताएका छन्।
उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको कुशासनका कारण राजावादीहरु धमिलो पानीमा माछा मार्न हौसिएको आरोप लगाएका छन्।
शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले २४० वर्षसम्म राजतन्त्रले निरंकुशता, गरिबी, भ्रष्टाचार, जातीय, क्षेत्रीय र लैंगिक विभेद लगायतका फोहोर थुपारेको र गणतन्त्रको १२ वर्षले ती फोहोर सोहोर्न भ्याएन भन्दैमा सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने भनि प्रश्न गरेका छन्।
‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न : २४० वर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरिबी, बेरोजगारी, भ्रष्टाचार, जातीय–क्षेत्रीय र लैंगिक विभेद, पराधीनताको फोहोर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने?’, डा. भट्टराईले ट्विटरमा लेखेका छन्।
ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न: २४०बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता,गरीबी,वेरोजगारी,भ्रष्टाचार,जातीय/क्षेत्रीय/लैंगिक विभेद,पराधीनताको फोहर १२बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने?
— Baburam Bhattarai (@brb1954) December 5, 2020राजावादीहरुले पछिल्लो समय देशभरी हिन्दू राष्ट्र, संघीयताको खारेजी, राजतन्त्रको पुर्नस्थापना लगायतका माग राख्दै प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया