ad ad

समाज


१३ सय ४३ कोरोना संक्रमित थपिए, २१ सय ११ निको भए, १३ को मृत्यु

१३ सय ४३ कोरोना संक्रमित थपिए, २१ सय ११ निको भए, १३ को मृत्यु

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार १०:३६,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार १११ जना कोरोाना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ।

त्यस्तै पछिल्ले २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै संक्रमणका कारण निधन हुनेको संख्या १ हजार ५५१ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .