ad ad

कारोबार


छिमेक लघुवित्तले २९ प्रतिशत बोनस तथा नगद लाभांश दिने

छिमेक लघुवित्तले २९ प्रतिशत बोनस तथा नगद लाभांश दिने

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार १०:७,

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई २९ प्रतिशत बोनस तथा नगद लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीको बुधबार सम्पत्ति सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरिएको हो।

प्रस्तावित लाभांशमा डेढ अर्ब चुक्ता पुँजीको २२ प्रतिशतले हुन आउने ३३ करोडको बोनस सेयर, ७ प्रतिशतले हुन आउने १० करोड ५० लाखको नगद लाभांश रहेको छ।

छिमेकले यससम्बन्धी प्रस्ताव राष्ट्र बैंकसमक्ष पेस गरेको छ। बैंकले स्वीकृति दिएपछि संस्थाको आगामी वार्षिक साधारणसभाले त्यसलाई पारित गर्नेछ। त्यसपछि मात्र उक्त लाभांश सेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .