ad ad

समाज


सुरु भयो हुस्सु/कुहिरो मौसम : यस्तो छ आगामी २४ घण्टाको आकलन

सुरु भयो हुस्सु/कुहिरो मौसम : यस्तो छ आगामी २४ घण्टाको आकलन

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ३:३२,

देशभर चिसो बढेसँगै तराई क्षेत्रमा हुस्सु/कुहिरो लाग्न थालेको छ।

मौमस पूर्वानुमान महाशाखाका अनुसार खासगरी अहिले दिनको मध्याह्नसम्म हुस्सु/कुहिरो लाग्न थालेको हो।

अहिले बिहान पूर्वी तथा मध्य तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाले मंगलबार बिहान प्रकाशन गरेको आगामी २४ घण्टाको आकलन
पश्चिम तराईः हुस्सु/कुहिरोको सम्भावना छैन।

मध्य तराईः थोरै स्थानमा हल्का हुस्सु देखिन्छ र मध्याह्नसम्ममा हटेर जानेछ।

पूर्व तराईः थोरै स्थानमा हल्का हुस्सु/कुहिरो लागेको देखिन्छ र मध्याह्नसम्ममा हटेर जानेछ।

आगामी २४ घण्टासम्म
तराईका थोरै भूभागमा लागेको हुस्सु/कुहिरो मध्याह्नसम्ममा बिस्तारै हटेर जाने देखिन्छ। कुहिरो लागेका स्थानमा राम्रो सँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ।

पश्चिम तराई : कञ्‍चनपुरर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम

मध्य तराई : चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा
पूर्व तराई : सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .