ad ad

समाज


काेराेनाविरुद्ध तयारी अवस्थामा पुगेका तीन खोप : कुनको मूल्य कति?

काेराेनाविरुद्ध तयारी अवस्थामा पुगेका तीन खोप : कुनको मूल्य कति?

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ३:५,

बेलायतका अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीले संयुक्त रूपमा बनाएको खोपको मूल्य अमेरिकाका कम्पनी मोडेर्ना र फाइजरले बनाएको खोपको तुलनामा कम पर्नेछ।

बीबीसीका अनुसार मोडेर्नाको खोपको प्रतिडोज मूल्य १५ डलर छ भने फइजरको २५ डलर छ। अस्ट्राजेनेकाले बनाएको खोप खोपको प्रतिडोज मूल्य ३ डलर मात्र छ।

अस्ट्राजेनेकाले विकास गरेको खोप लगाउन पनि सजिलो छ। यो कम तापमानमा पनि राख्न सकिन्छ।

तर यो खोप अघिल्ला दुई खोपका तुलनामा कम अर्थात् ६२ देखि ९० प्रतिशत मात्र प्रभावकारी पाइएको छ।
बेलायतले उल्लिखित तीनवटै खोपको ‘प्रिअर्डर’ गरिसकेको छ।

बीबीसीका अनुसार उसले मोडेर्नाको खोप ७० लाख, फाइजरको ४  करोड र अस्ट्राजेनेकाको १० करोड डोज प्रिअर्डर गरेको हो।

याे पनि :  कोरोनाविरुद्ध ९४ प्रतिशत प्रभावकारी देखिएको खोप व्यापक प्रयोगका लागि मोडर्नाले माग्यो अनुमति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .