ad ad

समाज


रौतहटमा १९ वर्षीय किशोरको चक्कु प्रहारबाट १८ वर्षीय किशोरको मृत्यु

रौतहटमा १९ वर्षीय किशोरको चक्कु प्रहारबाट १८ वर्षीय किशोरको मृत्यु

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ३:४७,

छिमेकी युवाको चक्कु प्रहारबाट रौतहटमा एक किशोरको मृत्यु भएको छ।

रौतहटको वृन्दावन नगरपालिका ३ १९ वर्षीय युवक रवि रामको चक्कु प्रहारबाट सोही ठाउँका १८ वर्षीय नन्दकिशोर रामको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय रौतहटले जनाएको छ। छुरा प्रहारमा संलग्न रवि रामलाई प्रहरीले पक्राउ गरेको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रामको उपचारको क्रममा गएराति एपोलो अस्पताल चन्द्रनिगहापुरमा मृत्यु भएको हो।

सोमबार साँझ मादक पदार्थ सेवनपछि झगडा हुँदा घटना भएको प्रहरीले जनाएको छ। स्थानीय ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेपछि सुरु भएको विवादको क्रममा नन्दकिशोरले रविमाथि आक्रमण गरेका हुन्।

झैझगडा शान्त भइसकेपछि पुगेका रविले नन्दकिशोरको पेटमा छुरा प्रहार गरेका प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .