समाज


अमेरिका भन्छः चीन र रुस हाम्रा लागि अन्तरिक्षमा पनि खतरा

अमेरिका भन्छः चीन र रुस हाम्रा लागि अन्तरिक्षमा पनि खतरा

नेपालखबर
मंसिर १३, २०७७ शनिबार १३:१३,

चीन र रुसका कारण अमेरिकाको अन्तरिक्ष अभियानहरुमा बाधा पुग्नसक्ने यूएस स्पेस फोर्सका प्रमुख जोन रेमन्डले बताएका हुन्।

चीन र रुसले अमेरिकालाई अन्तरिक्षको पहुँचबाट अलग्याउनसक्ने खतरा भएकाले अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरुसँग मिलेर काम गर्नुपर्ने रेमन्डको भनाइ छ।

गतहप्ताको मंगलबार हेनान प्रान्तको वेनचाङबाट चीनले चाङ’ए अन्तरिक्ष यान चन्द्रमामा पठाएको छ। चन्द्रमाको ढुंगा लिन चीनले अन्तरिक्ष यान पठाएको हो।

चीनले यतिमात्र नभएर मंगल ग्रहबाट एक दशकभित्र नमुना संकलन गरेर ल्याउने बताएको छ।

चीनले लगातार अन्तरिक्षमा अनुसन्धानमूलक गतिविधि बढाउँदै लगेपछि अमेरिकाले चीन आफ्नो लागि अन्तरिक्षमा खतरा भएको बताएको हो।

गत बुधबार मात्र चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका महासचिव सु होङलियाङले चीनले अझ धेरै अन्तरिक्ष अभियानहरु संचालन गर्ने र चन्द्रमामै इन्टरनेसनल रिसर्च स्टेसन खडा गर्ने बताएका थिए।

अन्तरिक्षको विषयमा समेत अमेरिका र चीनबीच द्वन्द्व बढ्दै गएको छ। इन्टरनेसनल स्पेस स्टेसनबाट सुरक्षाको कारण देखाउँदै अमेरिकाले चीनलाई अलग्याएको छ। यसबीचमा चीनले अन्तरिक्षमा आफ्नै स्पेस स्टेसन बनाउने बताउँदै आएको हो।

अन्तरिक्ष कार्यक्रमहरुमा अमेरिका चीन र रुसभन्दा धेरै अगाडि भएपनि पछिल्ला दिनहरुमा चीन र रुसले अन्तरिक्षमा अमेरिकाविरुद्ध असामान्य र चुनौतीपूर्ण व्यवहार गरिरहेका छन्।

सन २००७ मा चीनले अमेरिकी भूउपग्रहलाई ध्वस्त बनाएको रेमन्डले सम्झना गराएका छन्।

उनी भन्छन्,‘चीन र रसियाले अन्तरिक्षमा अमेरिकी पहुँच रोक्न खोजेका छन्। उनीहरूले यस्तो क्षमताको विकास गरिरहेका छन् जसले अमेरिकी फाइदालाई बेवास्ता गर्दछ।’ एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad