गण्डकी प्रदेशसभाका सांसद दीपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती चोरीको आरोपमा पक्राउ परेकी छन्।
मनाङेकी श्रीमती दिक्छेन डोल्मा लामालाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरी पोखरा लगिएको छ। बहुमूल्य मूर्ति चोरीको आरोपमा उनीविरुद्ध कास्कीमा मुद्दा दर्ता छ।
जिल्ला अदालत कास्कीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। उनलाई पक्राउ गरि कास्की पठाइएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए।
दिक्छेन हेटौंडमस्थित माइती घरमा बस्दै आएकी थिइन्।
360
Shares
प्रतिक्रिया