काठमाडौँको नागढुंगामा ट्रकको ठक्करबाट ट्रक धनीकै मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडमा ना ६ ख ९७४८ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ट्रकका मालिक सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीका अनुसार मालबाहक ट्रकलाई घुमाउरो सडकमा मोड नपुगेपछि विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया