समाज


बेलायतका वैज्ञानिकको दाबी : एकपल्ट नाकमा हालेपछि ४८ घण्टासम्म काेराेनाबाट बचाउने झोल औषधि बनायौं

बेलायतका वैज्ञानिकको दाबी : एकपल्ट नाकमा हालेपछि ४८ घण्टासम्म काेराेनाबाट बचाउने झोल औषधि बनायौं

नेपालखबर
मंसिर १०, २०७७ बुधबार २:१६,

बेलायतका वैज्ञानिकले नाकमा कोरोना भाइरसबाट सुरक्षा दिने झोल औषधि (स्प्रे) विकास गरिएको दाबी गरेका छन्।

नाकमा एकपल्ट हालेपछि ४८ घण्टासम्म कोरोना भाइरसले आक्रमण नगर्ने वैज्ञानिकको दाबी छ।

बेलायतस्थित बर्मिङ्घम युनिभर्सिटीले विकास गरेको उक्त स्प्रेलाई एन्टी–कोभिड नाम दिइएको छ। अब यो चाँडै नै बेलायतका बजारमा उपलब्ध हुने बताइएको छ।

वैज्ञानिकका अनुसार उक्त स्प्रेमा प्रयोग गरिएको रसायनले नाकमा प्रवेश गर्ने कोरोना भाइरसको शक्तिलाई कमजोर बनाउँछ, जसले गर्दा उसले मानव कोषिकामा आक्रमण गर्न सक्दैन। नाकबाटै बाहिरिन बाध्य हुन्छ।

तर पनि कोरोनाबाट बच्ने अन्य सुरक्षा सतर्कताका नियम पालना गर्न जरुरी हुने वैज्ञानिकले सझुाव दिएका छन्। स्राेत : दैनिक भास्कर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad