ad ad

समाज


बालिका हत्या प्रकरण : बिहानैदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो, निषेधाज्ञाको तयारी

बालिका हत्या प्रकरण : बिहानैदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो, निषेधाज्ञाको तयारी

शैलेन्द्र महतो
मंसिर ९, २०७७ मंगलबार १२:१५,

बालिका बलात्कार तथा हत्याका दोषीमाथि कडा कारबाहीको माग गर्दै बर्दिबासमा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग खुलेको छ।

मंगलबार बिहानैदेखि स्थानीय बासिन्दाले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शनका कारण अवरुद्ध राजमार्ग अपरान्ह ४ बजेदेखि खुलेको हो।

अवरुद्ध राजमार्ग खोलाउन प्रहरीले हस्तक्षेप गर्दा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर तीन जना घाइते भएका छन्।

दिउँसोदेखि फाट्ट–फुट्ट रुपमा यातायात चले पनि साँझ ४ बजेदेखि पूर्ण रुपमा यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ। बिहानैदेखि यातायात अवरुद्ध हुँदा यात्रीहरु अलपत्र परेका थिए।

आइतबार साँझदेखि हराइरहेकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमाकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार राति घरनजिकै बोरामा राखेको अवस्थामा फेला परेको थियो।

बालिकाको बालत्कार गरी हत्या गरिएको भन्दै मंगलबार बिहानैदेखि स्थानीयहरु आक्रोशित हुँदै प्रदर्शनमा उत्रेका थिए। बालिका बालत्कार तथा हत्या आरोपमा पक्राउ परेका स्थानीय अरुण साहको घर समेत स्थानीयले जलाएका छन्।

प्रदर्शनलाई मध्यनजर गर्दै बर्दिबासमा साँझ प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायले सर्वपक्षीय छलफल गरिरहेका छन्। बर्दिबासमा मंगलबारकै अवस्था रहे निषेधाज्ञा लगाउने तयारी समेत भइरहेको श्रोतले जनाएको छ।

यो पनिः
स्थानीयले बलात्कार आरोपीको घरमा लगाएको आगो प्रहरीलाई समेत निभाउन दिएनन्, स्थिति तनावग्रस्त (फोटो/भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .