ad ad

समाज


'वितरणका लागि तयार रुसको कोरोना खोप २३ सय रुपैयाँमा दुई डोज आउने'

'वितरणका लागि तयार रुसको कोरोना खोप २३ सय रुपैयाँमा दुई डोज आउने'

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार १२:१५,

यस मूल्यमा दुई डोज खोप पाउन सकिने स्पुतनिक भी खोपमा लगानी गर्ने संस्था आरडीआइएफका कार्यकारी अधिकृत किरिल दिमित्रिभले बताएका हुन्।

२० अमेरिकी डलरभन्दा कम मूल्यमा अर्थात् नेपाली २३ सय रुपैयाँमा कोरोनाविरुद्धको यस खोपको दुई डोज प्राप्त गर्न सकिनेछ।

यस्तै यस खोपको एक डोज भने दश डलरभन्दा कम मूल्यमा पाउन सकिनेछ। तर दिमित्रिभ भन्छन्,‘स्पुतनिक भी दुई डोज लगाउनुपर्ने भ्याक्नि हो। त्यसैले यो एमआरएनए भ्याक्सिनभन्दा दुईभन्दा बढी गुणा सस्तो छ।’

उनका अनुसार रुसको खोप विदेशी बजारमा वितरणका लागि तयार भइसकेको छ।

भारत, ब्राजिल, दक्षिण कोरिया, चीन लगायत अन्य चार मूलुकका औषधि निर्माता कम्पनीले रुसको खोप निर्माणमा अनुमति पाएको बताइएको छ।

स्पुतनिक भी खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। यो खोप आफ्नो छोरीमा प्रयोग भएको रुसी राष्ट्रपति भ्लादमिर पुटिनले केही समय अगाडि बताएका थिए।

डब्लूएचओले मान्यता नदिइ यसअघि नै रुसले यस खोप प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो। हिन्दुस्तान टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .