काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६९२, भक्तपुरमा ६५ र लतिपुरमा १९० जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ।

प्रतिक्रिया