खेल


राष्ट्रिय टोलीका क्रिकेट खेलाडी बन्द प्रशिक्षणमा फर्किँदै, स्वाब संकलन गरियो

राष्ट्रिय टोलीका क्रिकेट खेलाडी बन्द प्रशिक्षणमा फर्किँदै, स्वाब संकलन गरियो

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ११:३,

नेपाली राष्ट्रिय टोलीका क्रिकेट खेलाडीको बन्द प्रशिक्षण बुधबारदेखि सुरु हुने भएको छ।

खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइनुअघि मंगलबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

स्वाब संकलनमा बोलाइएका २२ खेलाडीमध्ये सन्दीप लामिछाने, करण केसी, वसन्त रेग्मी र सुवास खकुरेल भने अनुपस्थित रहे। व्यक्तिगत कारण देखाउँदै अनुपस्थित रहेका उनीहरु आएपछि क्यानले तोकेको ठाउँमा पीसीआरका लागि स्वाब दिनुपर्नेछ। पीसीआरको रिपोर्ट आजै आउने क्यानले जनाएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाएका खेलाडी, प्रशिक्षक र व्यवस्थापक १९ जनाको पीसीआर परीक्षणका लागि स्वाब लिइएको हो।
त्यस्तै मेन्टेनेन्स स्टाफको पनि आजै पीसीआर परीक्षणका स्वाव लिइएको छ।

कोरोना महामारी कै कारण क्यानले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु गर्न लागेको हो। भोलिबाट सुरु हुने बन्द प्रशिक्षणका लागि क्यानले २२ जना खेलाडीलाई बोलाएको छ।

जगत टमटाले प्रशिक्षण दिने बन्द प्रशिक्षणका लागि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, पारस खड्का सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी र सोमपाल कामी, सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल र कुशल मल्ललाई पनि प्रशिक्षणका लागि बोलाइएको छ। यस्तै राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्र्की बन्द प्रशिक्षणमा समावेश छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad