समाज


ईलामको सन्दकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

ईलामको सन्दकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

नेपालखबर
मंसिर ८, २०७७ सोमबार १४:१०,

ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका–५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बीओपी) जौवारी स्थापना भएको छ।

नम्बर १ प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषि राज्यमन्त्री राम रानाले सोमबार बीओपीको उद्घाटन गरेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ।

ईलाम जिल्लाको सदरमुकाम देखि करीब ३९ किलोमिटरको दूरिमा नेपाल भारत सीमानाका भन्दा करीब १ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ। सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोवस्तीका सामानसहित सो ठाउँमा खटिएको हो।

नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो।

हालसम्म १८९ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad