राजनीति


गृहमन्त्री थापा समूहले पार्टी एकता रक्षाको माग गर्दै बुझायो ज्ञापन

गृहमन्त्री थापा समूहले पार्टी एकता रक्षाको माग गर्दै बुझायो ज्ञापन

नेपालखबर
मंसिर ८, २०७७ सोमबार १४:२७,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढ्दै गएपछि सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थपा समूहले पार्टी एकताको माग राख्दै चितवनमा मोटरसाइकल र्यालीको आयोजना गरेको छ।

थापा समूहका युवाहरुले पार्टी एकताको रक्षा माग राख्दै भरतपुर महानगर कमिटिलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। युवाहरुको एक समूहले मोटरसाइकल र्यालीसहित नेकपा भरतपुर महानगर कमिटिका सचिव ईश्वर सापकोटालाई ज्ञापन पत्र बुझाएका थिए।

यसअघि पूर्वी चितवनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली निकटका युवाहरुले पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे उपस्थित कार्यक्रममा नाराबाजी गरेपछि नेकपामा विवाद बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad