कैलालीमा बाढीले बगाउँदा दुईजना महिलाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीले बगाउँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार घटना शुक्रबारको हो। नदी तर्ने क्रममा बाढीले बगाउँदा गोदावरी-४ की ४० वर्षीया कल्पना साउँद र ५५ वर्षीया महेश्वरी धमलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नदीले बगाएका दुवैको शव गोदावरीस्थित आर्यघाट नजिक फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी उपरीक्षक हिरासिंह महराले जानकारी दिए।
घरबाट च्याउ टिप्न जंगल गएका उनीहरूलाई खोला तर्ने क्रममा बाढीले बगाएको प्रहरीले जनाएको छ।
546
Shares

प्रतिक्रिया