नेपालमा पछिल्लो समय कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थप १ हजार ९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ हजार ३६४ जना संक्रमित निको भएका छन्।
संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या संख्या घटेको हो।
नेपालमा पहिलो पटक गएको असोज २१ गते कोरोनको सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको थियो। असाेज २१ मा नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको थियो।
त्यसको झण्डै डेडमहिना पछि नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा तल झरेको छ।
शुक्रबार देशभरमा सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ। यो कुल संक्रमितको २ लाख १६ हजार ९६५ को ११.४ प्रतिशत हो।
त्यस्तै संक्रमितमध्ये ८८ प्रतिशत अर्थात १ लाख ९१ हजार २ जना निको भएका छन् भने ०.६ प्रतिशत अर्थात १ हजार २९८ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया