बीओके क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा आज क्यापिटलको सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त साधारणसभाले आ.व. २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.व. २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी २१ करोड रुपैयाँको ४.५ प्रतिशतका दरले हुने रकम ९४ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साथै, उक्त साधारणसभाले क्यापिटलले सामूहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।
3
Shares

प्रतिक्रिया