समाज


श्रीमती हत्याका अभियुक्त कारागार चलान

श्रीमती हत्याका अभियुक्त कारागार चलान

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ४:४३,

श्रीमती हत्याको अभियोगमा पक्राउ परेका एक जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

गत असोज १५ गते श्रीमती हत्याको आरोपमा पक्राउ परेका गौरादह नगरपालिका–१ का ६४ वर्षीय भीमबहादुर भण्डारीलाई जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको प्रवक्ता थापाले जानकारी दिए।

गत असोज १२ गते भण्डारीकी ६५ वर्षीया मनमाया भण्डारी आफ्नै घरमा मृतावस्थामा फेला परेकी थिइन्। घटनास्थलको अनुसन्धान, घरपरिवार, स्थानीयवासी, छरछिमेकका व्यक्तिसँग गरिएको कुराकानी र शव परीक्षणको रिपोर्टमा उल्लेख भएको मृत्युको समयमा मृतक मनमायाका श्रीमान भीमबहादुर घरमै रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको थियो।

अदालतबाट असोज १६ गते म्याद थप गरी थप अनुसन्धान भई रहेकामा बिहीबार झापा अदालतको आदेशले भण्डारीलाई पुर्पक्षका लागि जिल्ला कारागार चन्द्रगढी चलान गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad