सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)का नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले पार्टीका दोस्रो पुस्ताका नेताको परीक्षण समयले गरिरहेको बताएका छन्।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेता बाँस्कोटाले दोस्रो पुस्ताका नेताको भूमिकामाथि प्रश्न उठाएका हुन्।
उनले दोस्रो पुस्ताका केही नेताहरुको नामै लिएर गुटगत निकटताको पहिचान बोकेर बिभाजित टुकडीको कम्पनी कमान्डरमा बन्ने कि सिँगो पार्टीको नेतृत्व गर्ने भनि प्रश्न उठाएका छन्।
'नेकपाको दोश्रो पुस्ता (शंकर, जनार्दन, प्रदीप, टोपबहादुर, योगेश, सुरेन्द्र, बिष्णुहरु) ले निकटताको पहिचान बोकेर बिभाजित टुकडीको कम्पनी कमान्डरमा चित्त बुझाउनेकि विशाल पार्टीमा सार्थक सैध्दान्तिक, वैचारिक, सांगठनिक हस्तक्षेपद्वारा एकीकृत पार्टीको नेतृत्व गर्ने? अब समयले परीक्षण माग्यो’, शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा नेता बाँस्कोटाले लेखेका छन्।
— Gokul Prasad Baskota (@GokulPBaskota) November 20, 2020नेकपाकाे दाेश्राे पुस्ता (शंकर, जनार्दन, प्रदीप, टाेपबहादुर, याेगेश, सुरेन्द्र, बिष्णुहरुले)निकटताकाे पहिचान बाेकेर बिभाजित टुकडीकाे कम्पनी कमाण्डरमा चित्त बुझाउनेकि विशाल पार्टीमा सार्थक सैध्दान्तिक,बैचारिक,सांगठनिक हस्तक्षेपद्वारा एकिकृत पार्टीकाे नेतृत्व गर्ने?अब समयले परिक्षण माग्याे।
नेता बाँस्कोटाले यसअघि सचिवालयमा पाका नेता भएका कारण समस्या उत्पन्न भएको भन्दै युवाहरुलाई लैजानुपर्ने बताएका थिए।
Shares

प्रतिक्रिया