समाज


भारतमा बनेको कोभ्याक्सिनकाे आज अन्तिम चरणको परीक्षण सुरु हुँदै

भारतमा बनेको कोभ्याक्सिनकाे आज अन्तिम चरणको परीक्षण सुरु हुँदै

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार २:४१,

भारतले कोरोनाविरुद्ध बनाएको खोपको आज (शुक्रबार) तेस्रो अर्थात् अन्तिम चरणको परीक्षण (ट्रायल) सुरु गरिँदै छ।

त्यसको पहिलो डोज हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले लगाउने भएका छन्।

भातरीय जनता पार्टीका नेता ६७ वर्षीय उनले शुक्रबार अम्बालास्थित सिभिल अस्पतालमा परीक्षण खोप लगाउने जानकारी दिएका हुन्।

उनले बिहीबारै ट्विटरमा लेखेका छन्, ‘म शुक्रबार ११ बजे अम्बाला क्यान्टस्थित सिभिल अस्पतालमा पीजीआई रोहतक र स्वास्थ्य विभागका विशेषज्ञको निगरानीमा बायोटेकले बनाएको कोरोनाविरुद्धको कोभ्याक्सिनको परीक्षण डोज लिनेछु।’ 

अम्बाला क्यान्टका विधायक अनिल विजले भनेका थिए, ‘हरियाणामा कोभ्याक्सिनको तेस्रो चरणको परीक्षण नोभेम्बर २० (आज) सुरु हुन्छ।’

यस हप्ता २६ हजार जनालाई खाेप लगाउने लक्ष्य

भारतको बायोटेक नामको कम्पनीले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को सहयोगमा कोरोनाविरुद्ध कोभ्याक्सिन बनाइरहेको हो।

कम्पनीले गत हप्ता खोपको पहिलो र दोस्रो चरण परीक्षणको विश्लेषण पूरा गरिएको र अब तेस्रो चरणको परीक्षण सुरु गर्ने जानकारी दिएको थियो।

कम्पनीका अनुसार तेस्रो चरणको परीक्षणअन्तर्गत यस हप्ता भारतका २५ केन्द्रमा २६ हजार जनलाई खोप लगाइनेछ।

भारतमा खोपको यो परीक्षण अहिलेसम्मकै ठूलो भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

खाेप कहिले तयार हाेला?

भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी सन् २०२१ को दोस्रो/तेस्रो महिनासम्ममा यो खोप बजारमा आउने विश्वास व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘अगस्ट–सेप्टेम्बरसम्ममा हामी ३० करोड नागरिकलाई भ्याक्सिन दिने अवस्थामा पुग्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad