छापा खबर


हुलाकी राजमार्गले फेरिए तराई-मधेसका दुर्गम गाउँ

हुलाकी राजमार्गले फेरिए तराई-मधेसका दुर्गम गाउँ

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार २:३८,

हुलाकी राजमार्ग निर्माणले गति लिँदा तराई–मधेसका दुर्गम गाउँका नागरिकलाई राहत मिलेको छ।

सडक प्रयोगमा आएका ठाउँको मुहारै फेरिएको छ। झापाको चन्द,गढीबाट दाङको कोइलाबाससम्म निर्माणाधीन राजमार्ग प्रदेश १ खण्डका केही स्थानमा प्रयोगमै आइसकेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

कुल लम्बाइ १ हजार १ सय किलोमिटर रहेको यो राजमार्गअन्तर्गत झापाका अधिकांश क्षेत,मा कालोपत, भइसकेको छ। कालोपत, भएका सडक प्रयोगमा आउँदा सदरमुकाम आउजाउ गर्न सहज भएको झापा गाउँपालिका-२ का रामबहादुर खड्का बताउँछन्।

खड्काका अनुसार स्थानीय उत्पादनले बजार पाउन थालेको छ। ‘सडकले पूर्व–पश्चिम मात्रै होइन, हामी दुर्गममा रहेकालाई बजारसम्म पनि जोड्यो’, खड्का भन्छन् । उनले भने, ‘पहिले खाएर सकिने तरकारी यो सडक कालोपत, भएपछि चन्द,गढीसम्म पुर्‍याउँछौं।’

प्रदेश १ का झापा, मोरङ र सुनसरीमा ट्र्याक खुलेदेखि नै नागरिकले यसको प्रयोग गरेका थिए। राजमार्गले छुने गाउँ–गाउँसम्म विद्युत् र खानेपानीसँगै स्वास्थ्यको पहुँच पनि पुगेको झापा बजारका व्यवसायी द्वारिकाप्रसाद बजगाईं बताउँछन्।

‘केही स्थानमा काम ढिला भए पनि बनेका सडकले धेरै कुरालाई नजिक बनायो’, बजगाईं भन्छन्, ‘दुर्गम भनेर जग्गा बेचेर सहर पस्नेलाई पनि अहिले यो सडकले गाउँ फर्काएर उद्यमी बनाएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad